एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- गाउँ सहर संवाददाता
- १८ असार बुधबार, २०८२ | २०:१७:०० मा प्रकाशित

काठमाडाैं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन्। डिफेन्डर गीता रानाले २ तथा निशा थोकर र रेखा पौडेलले समान एक गोल गरे।
पहिलो हाफमा ४-० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको छ। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। डिफेन्डर समिक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।
खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३-० को अग्रता बनायो। कप्तान साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ३-० को अग्रता बनाएको हो।
पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यो सँगै नेपालले खेलमा ४-० को अग्रता बनाएको थियो।
खेलको ५४ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई ५-० को फराकिलो अग्रता दिलाईन्। श्रीलंकाका डिफेन्डरले रश्मी कुमारी घिसिङलाई लडाएपछि रेफ्रिले पेनाल्टीको इसारा दिएकी थिइन्।
खेलको ६२ ओँ मिनेटमा निशा थोकरको गोलमा नेपालले ६-० को फराकिलो अग्रता बनाएको थियाे। अनिताको कर्नरमा निसाले हेडर गोल गर्दै नेपालले अग्रता फराकिलो बनाएको हो।
७८ औँ मिनेटमा रेखा पौडेलको हेडर गोलमा नेपालले ७-० को अग्रता बनायो। पुजा रानको पासमा रेखाले बललाई पोष्टको चुमाउँदै नेपाललाई फराकिलो अग्रता दिलाएकी थिइन्।
खेलको ८९ औँ मिनेटमा पुजा रानाको गोलमा नेपाल ८-० को फराकिलो अवस्थामा पुग्यो।
समूह चरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो। श्रीलंकाले भने च्याम्पियनसिपमा लगातार दोस्रो हार व्यहोरेको हो। श्रीलंकाले पहिलो खेलमा उज्वेकिस्तानसँग १०-० को फराकिलो हार व्यहोरेको थियो।
समूह चरणको अन्तिम खेलमा नेपालले २१ गते घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस