नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- गाउँ सहर संवाददाता
- २१ असार शनिबार, २०८२ | १३:००:०० मा प्रकाशित

काठमाडाैं । सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।
अघिल्लो संस्करण भएको फाइनलमा नेपालले मलेसियालाई हराउँदै उपाधि उचालेको थियो।
शनिबार भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८.ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौा विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाइ जित दिलाए।
विकेट किपर सिवांश बजगाइले बनाएको २० रन थपे। शुभम खनालले १८ रन थपे। शुभम खनालले प्रसिद्ध जैेसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए।
रौनक श्रीवास्तक शुन्य र सुगम बुढाथोकी १ रनमा आउट भए।
छैटौँ ओभरमा श्रीवांस र रौनकलाई गुमाएपछि नेपाली युवा टोली दबाबमा आएका थिए।
२५ औँ ओभरमा विपिन प्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि युवा टोली दबाबमा आएको थियो।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।
विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
प्रतिकृया दिनुहोस