याे वर्ष वैदेशिक रोजगारीका क्रममा १३ सय बढि नेपालीले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १५:०६:०० मा प्रकाशित
काठमाडौँ । याे वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३०५ नेपाली श्रमिकको विदेशमा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित १ हजार ३०५ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष विदेशमा मृत्यु भएर बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ ।
सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र बिरामीलगायतका परिवारलाई करिब एक अर्ब आर्थिक सहयोग वितरण गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य शीर्षकमा सो रकम सहयोग गरेको हो । विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा उनीहरुका आफन्तलाई मात्र वैदेशिक रोजगार बोर्डले ७० करोड आर्थिक सहयोग गरेको थियो । यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्चबाहेकको रकम हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस