अर्थतन्त्र
नेप्सेमा सामान्य अंककाे गिरावट, कारोबार भने साढे २१ अर्ब माथि
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १५:०४:०० मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आज नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.२९ बिन्दुमा बजार बन्द भयो ।
यस दिन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, शुभम पावर लिमिटेड र कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिटी होटल लिमिटेडको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा करेक्सन देखिए पनि आज पनि शेयर बजारमा उच्च रकमको कारोबार भएको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस