विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- गाउँ सहर संवाददाता
- २७ असोज मंगलबार, २०८३ | २०:१५:०० मा प्रकाशित
काठमाडौँ। गत अगस्ट २६ मा रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को प्रारम्भिक अध्ययनअनुसार चट्टान र हिमनदीको बरफ खस्दा करिब १३ करोड २० लाख घनमिटर सामग्री लेन्दे खोला उपत्यकामा पुगेको थियो। अध्ययनले घटनालाई हिमताल विस्फोटजन्य बाढी नभई चट्टान र बरफ खस्दा उत्पन्न शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेको छ।
भूउपग्रह, भूकम्पीय अभिलेख र ड्रोनबाट प्राप्त तथ्याङ्कले जोखिमयुक्त क्षेत्र पहिचान गर्न सहयोग गरे पनि पहिरो वा चट्टान खस्ने समय ठ्याक्कै पूर्वानुमान गर्न नसकिने अध्ययनले जनाएको छ। वर्षा र नदीको जलसतहमा आधारित विद्यमान पूर्वसूचना प्रणालीले यस्ता आकस्मिक विपद् पहिचान गर्न नसक्ने भएकाले भूउपग्रह निगरानी, भूकम्पीय अवलोकन र सीमापार सूचना आदानप्रदानलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको छ।
अध्ययनअनुसार चट्टान र बरफ खसेको करिब सात मिनेटमै बाढी सीमावर्ती क्षेत्रमा पुगेको थियो। घटनाको सम्भावित कारणमा भूगर्भीय कमजोरी, सन् २०१५ को भूकम्पबाट भएको क्षति, जमेको जमिन पग्लिनु र हिमनदीमा आएको परिवर्तन समावेश छन्। यद्यपि, घटनाको निश्चित कारण पुष्टि भइसकेको छैन।
इसिमोड र चिनियाँ साझेदार संस्थाको टोलीले विपद् प्रभावित क्षेत्रमा थप प्रमाण सङ्कलनका लागि स्थलगत अध्ययन गर्ने जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
प्रतिकृया दिनुहोस