शेयरबजारमा अहिलेसम्मकै सर्वाधिक कारोबार, तर नेप्सेमा १४५ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- २२ श्रावण मंगलबार, २०८१ | १६:४६:०० मा प्रकाशित

काठमाडौं । बजार घटेपनि नेप्सेमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २३ अर्ब ७१ करोड ६७ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यहि साउन १६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको थियो ।
तर नेप्से भने भारी गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ । सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।
२३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढ्यो भने एउटाको स्थिर रह्यो । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, ओरियन्टल होटल, श्री इन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी र मोलुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
बेस्ट फाइनान्स, नेपाल वेयरहाउजिङ, रिलायन्स फाइनान्स र एचआईडीसीएलको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै घट्यो । सानिमा बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य घट्यो ।
थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस