नेपाली राष्ट्रिय क्रिकेट टीमले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | ०८:२७:०० मा प्रकाशित
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुँदै छ । यो खेल आज बिहान १०:१५ बजेदेखि शुरु हुँदै छ ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।
नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस