वीर अस्पतालका उपकरण मर्मतका अब राष्ट्रिय आविष्कार केन्द्रले गर्ने
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | १७:१४:०० मा प्रकाशित
काठमाडौं । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो । सोही सम्झौताअन्र्तगत वीरले केन्द्रसँग सम्झौता गरेको हो।
सार्वजनिक खरिद ऐन अन्तर्गत गरिएको सम्झौता अन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरुले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ ।
अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत, साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए ।
उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए ।
केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरुले केन्द्रमार्फत मर्मतप्रक्रिया अघि बढाएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस