गाउँ सहर
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, अझै ३३ जना बेपत्ता
- गाउँ सहर संवाददाता
- १४ असोज सोमबार, २०८१ | १६:४६:०० मा प्रकाशित
काठमाडौं । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् ।
देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विवरणमा उल्लेख छ ।
बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्याएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस