उता हाइड्रो प्रभावित यता सर्किटका सर्किट ! शेयर बजारमा ११४ अंककाे उकालाे
- गाउँ सहर संवाददाता
- १५ असोज मंगलबार, २०८१ | १५:१९:०० मा प्रकाशित
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से ११४.७० अंकले बढेर दुई हजार ६ सय २३ दशमलव ५६ विन्दुमा बन्द भएको हो । अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेकाे भएपनि शेयरबजारमा भने हाइड्रोमा उछाल देखिएकाे छ ।
नेप्सेमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २४३ वटाको बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज १८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै आज १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने १५ कम्पनीको शेयरमूल्य भने ८ प्रतिशतले बढेको छ ।
बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २८ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस