सांग्रिला डेभलपमेन्ट बैंकले मनायाे आफ्नो २०औं वार्षिकोत्सव
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | २०:०१:०० मा प्रकाशित

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६:३० बजे बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको थियो ।
केन्द्रीय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो । यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धी विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पुर्याएको थियो ।
प्रभातफेरी कार्यक्रम पश्चात बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राख्नु भएको थिए । साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौँ, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेका हुन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस