डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिर्ने ३४ उद्योगको खाता र सेयर रोक्का गर्न कुलमानको पत्र
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर बुधबार, २०८१ | १९:२३:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न, सेयर कारोबार रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका हुन् । बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन् ।
त्यसरी नतिर्ने उद्योगको सूची ती निकायलाई पत्रसँगै पठाइएको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको रहेको छ । उसले प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख रकम तिर्न बाँकी छ ।
त्यस्तै, मारुती सिमेन्टले ५७ करोड ४४ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख महसुल तिर्न बाँकी छ भने रिलायन्स स्पिनिङ मिलले ७५ करोड ३६ लाख रकम तिर्न बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस