चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर मंगलबार, २०८१ | १४:५०:०० मा प्रकाशित

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउताइ त्यहाँको सरकारी अतिथिगृह हो, जहाँ प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पनि बसाइ रहेको छ।
भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।
मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- सगरमाथा संवादमा १ सय ७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
- प्रतिनिधिसभा बैठककाे यस्ताे कार्यसूची
- दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप ५ दिन म्याद थप
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
प्रतिकृया दिनुहोस