सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा जनताका आवाजलाई कमजोर तुल्याउने मनसाय : माओवादी केन्द्र
- गाउँ सहर संवाददाता
- १८ माघ शुक्रबार, २०८१ | १९:०९:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर रहेको देखिएको बताएको छ ।
पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफूविरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले सरकारले विधेयक प्रस्तुत गरेको उल्लेख गरेका हुन् ।
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’प्रति माओवादी केन्द्रकोको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरोकारवालाहरूसँग कुनै राय, सल्लाह तथा छलफल नगरीकन स्वेच्छाचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ । वर्तमान सरकारले आफुविरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रूपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रस्ट्याएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘आम नागरिकले प्रविधिको प्रयोगमार्फत स्वच्छ र मर्यादित आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने कुरामा हाम्रो पार्टी दृढ छ ।’
विधेयकलाई सम्बन्धित पक्षसँगको छलफलमा परिमार्जनसहित अघि बढाउनुपर्ने माओवादी केन्द्रको माग छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस