पाथीभरामा केबुलकार निर्माण बिराेधमा बन्दले अरुण पूर्वका ९ जिल्ला प्रभावित
- गाउँ सहर संवाददाता
- २० माघ आइतबार, २०८१ | ११:४८:०० मा प्रकाशित

इटहरी । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले आज अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेको छ।
केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दलहरुको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।
मेची राजमार्ग र तमोर कोरिडोर अवरोध गर्दै आएको आन्दोलनरत समूहले माघ २० र २१ गते दुईदिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेको हो।
बन्दको कारण आज कोसी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तर, तराईका जिल्लामा भने बन्दको खासै प्रभाव परेको छैन।
अहिले सुनसरीको धरान बसपार्क क्षेत्रमा ठूलो संख्यामा बन्दकर्ता जम्मा भएका छन्। धरान धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने मुख्य नाका हो। बन्दको कारण सवारी साधन नचल्दा अत्यावश्यक कामले हिँडेका यात्रुहरु अलपत्र परेका छन्।
माघ १२ गते बेलुकी मुक्कुमलुङ साँस्कृतिकर्मीहरुमाथि सशस्त्र र नेपाल प्रहरीले दमन गरेको र गोलीसमेत हानेको विरोधमा यातायात बन्द गरिएको आन्दोलनरत पक्षको भनाई छ।
मुक्कुमलुङ संरक्षण सङ्घर्ष समितिको नाममा निकालिएको विज्ञप्तिमा चन्द्र ढकालको केबुलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नु पर्ने, घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नु पर्ने र दोषीलाई कडा कारबाही गर्नु पर्ने माग गरिएको छ।
घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार, पक्राउ परेकाको रिहाइ, काफ्ले पाटीबाट सशस्त्र र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने तथा केबलकार निर्माण तत्काल रोक्नु पर्ने माग पनि उनीहरुले गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस