नेकपा एमाले सबैभन्दा धनी पार्टी, २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण बिहीबार, २०८१ | १४:१७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै पार्टीले साेही समयमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको निर्वाचन आयोगलाई बुझाएको विवरणमा छ ।
आम्दानी र खर्चको हिसाबमा हाल सो पार्टीसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष एमालेको आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष ८९ लाख ७२ हजार २६५ रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएको हो ।
निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणमध्ये अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी पार्टी देखिएको छ ।
एमालेले आफ्नो आम्दानीको स्रोत पार्टी सदस्यता शुल्कमार्फत २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको देखाएको छ ।
आम्दानी र खर्चको विवरण

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज पनि संसदकाे दुवै सदमा नीति तथा कार्यक्रममाथि छलफल
- आज कहाँ कहाँ छ वर्षाको सम्भावना
- नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने
- ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
- 'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क, अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्ने
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
प्रतिकृया दिनुहोस