संसद्बाट स्वीकृत भयो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण बुधबार, २०८१ | १६:११:०० मा प्रकाशित

काठमाडाैं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबारको बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो।
त्यसअघि रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृत होस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसका मुख्य तीन कारण सुनाउँदै उनले भने, ‘प्रक्रियागत त्रुटि, शासकीय अवैधता र संस्थागत अनुत्तरदायित्व।’
अध्यादेश स्वीकृत हुन नहुने पक्षमा अन्य विपक्षी दलहरूले पनि मत व्यक्त गरे। त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णु पौडेलले दिए। अर्थमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सांसद वाग्लेले विरोधको सूचना फिर्ता नलिने अडान राखेपछि निर्णयार्थ प्रस्तुत गरिए पनि बहुमतबाट अस्वीकृत भयो।
विरोधको सूचना अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि बहुमतबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत भएको हो। अध्यादेश माघ १८ गते संसद्मा पेस गरिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
प्रतिकृया दिनुहोस