नयाँ वर्षको अवसरमा १५ देशका राजदूत इलामकाे कन्याममा
- गाउँ सहर संवाददाता
- ३१ चैत आइतबार, २०८१ | २०:०८:०० मा प्रकाशित

इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् ।
परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु-याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
- यातायात बन्द फिर्ता, यस्ताे भयाे सहमति
- करण केसीकाे उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
प्रतिकृया दिनुहोस