पूर्व पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ- ६ लेन सडकको प्रधानमन्त्रीद्वारा उद्घाटन
- गाउँ सहर संवाददाता
- ५ बैशाख शुक्रबार, २०८२ | २०:५०:०० मा प्रकाशित

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
“अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प-या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ, प्रधानमन्त्री ओलीले भने, “विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग हो भने ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी, जलवायु वित्त परिचालन गर्न जोड
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
प्रतिकृया दिनुहोस