नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ बैशाख शनिबार, २०८२ | १९:४२:०० मा प्रकाशित

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा उक्त शिविर संचालन गरिएको हो । ओम समाज डेन्टल हस्पिटलको सहकार्य रहेको उक्त एक दिने निःशुल्क दन्त शिविरमा लगभग १ सय २० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।
उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो । दन्त शिविर कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ. प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस