राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- गाउँ सहर संवाददाता
- २८ भदौ शनिबार, २०८२ | १९:४२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् ।
साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् ।
शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’
६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उनले उल्लेख गरेका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै शुक्रबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले गरेको प्रतिनिधि सभा बिघटनको सिफारिश राष्ट्रपति पौडेलले सदर गरेका थिए र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका थिए ।
प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले विरोध जनाइरहेका छन् । साथै उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ताका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।
तर, शनिबार राष्ट्रपति पौडेलले परिस्थितिअनुरुप शान्तिपूर्ण निकास निस्किएको अवस्थामा प्रतिनिधि सभा विघटनको निर्णय स्वीकारेर निर्वाचन गराउन सबैलाई सहयोग गर्न अपील गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस