समाज

कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ

तौलिहवा (कपिलबस्तु) । कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान तोडफोड गरेर कपिलबस्तु कारागारबाट भागेकामध्ये ९० जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाएको बताए ।

कुल चारसय ५९ कैदिबन्दी रहेको कपिलबस्तु कारागारमा २९ जना बाहेक सबै कारागार तोडफोड गरी भागेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । उनले विभिन्न कारागारबाट भागेका १७ जना कैदीबन्दीहरुलाई समेत नियन्त्रणमा लिइएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत