शिक्षा
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
- गाउँ सहर संवाददाता
- २६ भदौ बिहीबार, २०८२ | ०८:४६:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो।
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीले सूचना सार्वजनिक गर्दै लामो समय बिदा दिइएको जानकारी गराएका हुन्।
यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस