गाउँ सहर

जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।

मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । 

काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरु रहेको हुनसक्ने अनुमान छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत