आन्दोलन शिक्षकलाई एमालेकाे आग्रह: वैशाख महिनाभित्रै शिक्षा विधेयक पारित हुन्छ, आन्दोलन रोक्नुस्
- गाउँ सहर संवाददाता
- १० बैशाख बुधबार, २०८२ | १६:१३:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयक संसद्बाट वैशाख महिनाभित्रै पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने बताएका हुन्।
सरकारले बजेट अधिवेशन वैशाख १२ गतेदेखि डाकेको छ। उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे।
'शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ,' उनले भने, 'हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ र त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरूमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्यो।'
संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ। उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्मा आउन वैशाखको अन्तिम सातासम्म लाग्न सक्ने बताए।
'सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ? उहाँहरू स्वयंले जान्नुहोस्। त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस्,' उनले थपे, 'तर सरकारले उहाँहरूको न्यायोचित मागहरू पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसद्ले काम गरिरहेको छ।'
शिक्षकहरू तीन हप्तायता विभिन्न मागसहित काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
- रविपत्नी निकिताले लगाइन् गृहमन्त्री र प्रधानन्याधिशमाथि गम्भीर आराेप
- प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (Live)
- वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
- विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ
- अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने
- फोनिजद्वारा पत्रकार नयाँघरे र श्रेष्ठ सम्मानित
प्रतिकृया दिनुहोस