दुई कारोबार दिन सामान्य अंक बढेकाे नेप्से आज घट्याे
- गाउँ सहर संवाददाता
- १५ बैशाख सोमबार, २०८२ | १५:०६:०० मा प्रकाशित

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टककाे ७६ हजार ९९८ पटककाे काराेबारमा ८ अर्ब ९१ कराेड २८ लाख ४३ हजार रूपैयाँबराबरकाे २ कराेड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।
यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मध्य भाेटेकाेशी जलविद्युत कम्पनीकाे शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। घटेका अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता घोषणा स्थगित
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
- कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गगन थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग
- संसद बैठक LIVE
- चक्रपथ-महाराजगन्जखण्ड सडक विस्तारकाे काम शुरू
- वार्ता सकारात्मक भएपनि शिक्षक आन्दोलन आज पनि निरन्तर
- पोखरा विमानस्थलमा भएकाे भ्रष्टाचार अध्ययन उपसमितिकाे प्रतिवेदन लेखासमितिमा
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
- शिक्षकहरूकाे विषय संसदमा प्रवेश, दमनप्रति सांसदहरूकाे प्रश्न (लाइभ)
प्रतिकृया दिनुहोस