गाउँ सहर
रिहा भए रेशम चौधरी
- गाउँ सहर संवाददाता
- १७ बैशाख बुधबार, २०८२ | १७:५३:०० मा प्रकाशित

काठमाडौं। अचानक पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् ।
आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।
उनी पक्राउ परेको साढे ४ घण्टापछि रिहा भएका हुन् । उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन् । नाउपा र जनमतका नेता कार्यकर्ताहरुले उनलाई भव्य स्वागत गरेका थिए । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो । सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति, आन्दोलन स्थगित
- आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने
- प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५ सय १७ हुने अनुमान
- नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता घोषणा स्थगित
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
- कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गगन थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग
- संसद बैठक LIVE
- चक्रपथ-महाराजगन्जखण्ड सडक विस्तारकाे काम शुरू
- वार्ता सकारात्मक भएपनि शिक्षक आन्दोलन आज पनि निरन्तर
प्रतिकृया दिनुहोस