आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
- गाउँ सहर संवाददाता
- १९ बैशाख शुक्रबार, २०८२ | ०७:५१:०० मा प्रकाशित

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् । यसअघि, नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।
यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।
सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि-बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
- 'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क, अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्ने
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
- बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
- देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले - प्रधानमन्त्री
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशैभरि सार्वजनिक बिदा
- आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति, आन्दोलन स्थगित
प्रतिकृया दिनुहोस