राजसंस्था मरिसकेको बाघ, बोक्नेको काँध पनि गन्हाउछ : धनराज गुरूङ
- गाउँ सहर संवाददाता
- २३ बैशाख मंगलबार, २०८२ | १३:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘२०६२/६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि !’ सांसद गुरुङले भने ।
राजसंस्था मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरे ।
‘मरिसकेको बाघको सिनो बाकेर आउने मान्छेको काँध त गन्हाउँछ नै । हामीले पनि लात्ताले सिनोलाई हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि सभामुख महोदय,’ उनले भने ।
यसतर्फ ख्याल गरेर आफ्नो खुट्टा सफा राख्न पनि कर्ममा ख्याल गर्नुपर्ने बताए । व्यवहारबाट जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज सेयर बजारमा सामान्य अंकको सुधार
- ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
- गणतन्त्रप्रति वितृष्णा फैलाउँदै धमिलो पानीमा माछा मार्ने प्रवृत्ति सफल हुँदैन : पाैडेल
- प्रतिनिधि सभा बैठक : सरकारको नीति तथा कार्यक्रम माथि छलफल हुँदै
- आज पनि संसदकाे दुवै सदमा नीति तथा कार्यक्रममाथि छलफल
- आज कहाँ कहाँ छ वर्षाको सम्भावना
- नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने
- ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस