गाउँ सहर

तीनकुने घटनामा दुर्गा प्रसाईँसहित यी ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

  • ३० जेठ शुक्रबार, २०८२ | ०७:३३:०० मा प्रकाशित

काठमाडाैं । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्। 

अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।

 चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। त्यसको नेतृत्व प्रसाईँले गरेका थिए। 

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।

प्रसाईँविरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो। 

जिल्ला अदालतले उनीसहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो। 

पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्तिहरू

  • दुर्गा प्रसाद प्रसाईँ
  • तारा राजावादी भन्ने सरोज गौतम
  • अनुप राजावादी भन्ने गोकर्ण शाही
  • दण्डपाणि रेग्मी
  • सुशील बराल
  • केशब बस्नेत
  • कुमार तामाङ

 

धरौटीमा रिहा गरिएका व्यक्तिहरु

  • हरिशंकर चौलागाई
  • सन्तोष राजावादी भन्ने सन्तोष कुमार सिलवाल
  • भिम भन्ने हेमराज थारु
  • विष्णुजन बस्नेत भन्ने विष्णु बस्नेत
  • गोपाल मल्ल ठकुरी
  • पशुपति खड्का
  • विष्णु पराजुली
  • पुष्कर खतिवडा
  • भुपेन्द्र राजभण्डारी
  • कुमार बस्नेत
  • अनिल कुमार थापा
  • गोपाल बोहरा भन्ने तारानाथ बोहोरा
  • दानबहादुर न्यौपाने
  • उमेश तामाङ
  • भानुभक्त पौडेल
  • देवी प्रसाद संगौला
  • प्रेम थापा मगर
  • ओम प्रकाश लुईंटेल
  • लेजेन्द्र रायमाझी
  • मनबहादुर काला
  • निरञ्जन कुमार गिरी
  • प्रेमबहादुर श्रेष्ठ
  • रमेश राई
  • दिवश बोगाटी क्षेत्री
  • दिलकुमार श्रेष्ठ
  • कमल कुमार बिष्ट
  • लोकबहादुर बस्नेत
  • दिनेश खड्का
  • अमित शाह
  • सुमन कार्की
  • जितबहादुर श्रेष्ठ
  • मनोजकुमार सापकोटा
तपाईँको मत