एससीटी–यूपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा छुट हुने
- गाउँ सहर संवाददाता
- ४ असार बुधबार, २०८२ | ०६:४१:०० मा प्रकाशित

काठमाडौं । एससीटी–यूपीआई कार्डबाहक ग्राहकले अब मौलाकाली केवलकारमा १० प्रतिशत छुट पाउने जनाइएको छ।
त्यस्तो छुट एससीटी–यूपीआई कार्ड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गरेको जनाइएको हो।
यता, मौलाकाली मन्दिर समुन्द्री तहबाट १ हजार ८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित छ। यस मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई केवलकार प्रयोगमा थप सहज होस् भन्ने उद्देश्यले एससीटी र मौलाकाली केवलकारले यो अफर ल्याएको जानकारी दिएको छ।
छुट प्राप्त गर्नका लागि एससीटी–यूपीआई कार्डबाट पीओएस मेशिनमार्फत् टिकट खरीद गर्नु पर्नेछ।
साथै, एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको जनाइएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
- यस्ता कार्यसूची छन् आज बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकका
- गण्डकी प्रदेशका सांसद दीपक मनाङेकाे पद चैट
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
- सेयर कारोबार रकमसँगै परिसूचक नेप्सेमा गिरावट
प्रतिकृया दिनुहोस