गाउँ सहर
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
- गाउँ सहर संवाददाता
- ३ असार मंगलबार, २०८२ | १८:२४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर कारोबार रकमसँगै परिसूचक नेप्सेमा गिरावट
- प्रतिनिधिसभामा निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
- नेपालले खेल नजितेकाे मन जितेकाे नेदरल्याण्ड्ससँगकाे खेल
- नेप्से झिनो अंकले बढेकाे नेप्सेमा १३ अर्ब १८ करोडकाे कारोबार
- फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ भेटिए
- परिवार लगायत आफन्तहरुसँग फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
- नारा जुलुशबीचमै चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- जङ्गलमा भेटियो दुर्लभ कछुवा
- क्रिकेट टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेदरल्याण्ड्ससँग भिड्दै खेल्दै आज
- सातै प्रदेशले ल्याए आगामी आर्थिक वर्षका लागि बजेट
प्रतिकृया दिनुहोस