प्रतिनिधिसभामा निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
- गाउँ सहर संवाददाता
- ३ असार मंगलबार, २०८२ | ०७:५४:०० मा प्रकाशित

काठमाडौं । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ ।
आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
प्रतिपक्षी दलहरुले भने संसदमा अवरोध जारी राखेका छन् । रास्वपा र राप्रपाले अवरोधलाई निरन्तरता दिएका हुन् । त्यसकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले खेल नजितेकाे मन जितेकाे नेदरल्याण्ड्ससँगकाे खेल
- नेप्से झिनो अंकले बढेकाे नेप्सेमा १३ अर्ब १८ करोडकाे कारोबार
- फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ भेटिए
- परिवार लगायत आफन्तहरुसँग फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
- नारा जुलुशबीचमै चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- जङ्गलमा भेटियो दुर्लभ कछुवा
- क्रिकेट टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेदरल्याण्ड्ससँग भिड्दै खेल्दै आज
- सातै प्रदेशले ल्याए आगामी आर्थिक वर्षका लागि बजेट
- ठगी प्रकरणमा रविविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी अर्काे मुद्दा
- सभामुखले पेलेरै अघि बढाए संसद (लाइभ)
प्रतिकृया दिनुहोस