सडक/यातायात
काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने
- ३ असार मंगलबार, २०८२ | १०:०२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।
वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।
जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस