नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै
- गाउँ सहर संवाददाता
- १५ असार आइतबार, २०८२ | ०६:४०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा हुने खेल आइतबार साँझ सवा ६ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि एसियन कप छनोटको पहिलो खेल मात्रै हैन एक सयौँ अन्तर्राष्ट्रिय खेलसमेत हो।
नेपाली टोली लाओसलाई पराजित गर्दै एसियन कप छनोटमा सुखद सुरुवात गर्न चाहन्छ।
नेपाल र लाओस पहिलो पटक भेट हुन लागेका हुन्।
समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यही असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।
उज्वेकिस्तानसँगको तीन भेटमा नेपाल अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ। श्रीलंकासँग भने आठ खेल खेल्दा सबैमा नेपाल विजयी भएको छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ। यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
प्रतिकृया दिनुहोस