चालु आवमा दैनिक २.५५ किमी सडक निर्माण भएकाे प्रधानमन्त्रीकाे दाबी
- गाउँ सहर संवाददाता
- ३ श्रावण शनिबार, २०८२ | १३:४८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठुलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् ।
चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरे । “आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबिचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आज इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरू भएको बताएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस