फागुन मसान्तसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रियाे
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०८२ | १६:३९:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपाल भित्रने रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ । चालु आवको साउन देखि फागुन मसान्तसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकद्वारा जारी आठ महिनाकाे आर्थिक तथा वित्तीय अवस्थाले बताएकाे छ ।
गत आवको सोही अवधिमा अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो । २०८२ फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स ७.१ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । गते वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र कर्जा प्रवाहमा सुधार भएपनि महँगी बढ्यो
- पाँचौँ पटक जिब्रो छेड्दै वीरेन्द्रभक्त
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
प्रतिकृया दिनुहोस