भित्रियाे १० महिनामै १९ खर्ब रेमिट्यान्स
- गाउँ सहर संवाददाता
- २६ जेठ मंगलबार, २०८३ | १७:२१:०० मा प्रकाशित
काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले यस्तो देखाएको हो ।
उक्त तथ्यांक अनुसार चालू आवको साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।
२०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एव खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालू आवको दश महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र कर्जा प्रवाहमा सुधार भएपनि महँगी बढ्यो
- पाँचौँ पटक जिब्रो छेड्दै वीरेन्द्रभक्त
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
प्रतिकृया दिनुहोस