‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०८३ | १८:५२:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ पार्टी खोल्न लागेका छन्।
राणा र प्रसाईंको अगुवाइमा नयाँ पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ। साउन २८ गते नयाँ पार्टी घोषणा र दर्ता गर्ने तयारी भइरहेको राणाले बताए। ‘हामीले जय नेपाल पार्टी नाम राख्ने तय गरेका छौं,’ राणाले गाउँसहरसँग भने।
राप्रपाका महामन्त्री राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनीसँगै राप्रपाका १८५ नेताले पनि पार्टी परित्याग गरेका थिए।
राणाले गत जेठ २२ गते प्रसाईंसँग नयाँ पार्टी खोल्ने सहमति गरेका थिए। लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान चलाइरहेका प्रसाईं पनि नयाँ पार्टी खोल्न राणासँग सहमत भएका थिए।
त्यसयता दुवै जना नयाँ पार्टी खोल्ने तयारीमा जुटेका थिए। अब तयारी पूरा भएको राणाले बताए। उनका अनुसार, पार्टी नेतृत्वबारे पनि टुंगो लागिसकेको छ।
जय नेपाल पार्टीको अध्यक्ष राणा रहनेछन्। त्यस्तै, प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको राणाले जानकारी दिए।
नयाँ पार्टीबारे साउन २८ गते घोषणाका दिन विस्तृत जानकारी दिइने उनको भनाइ छ। त्यही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
- प्रभु बैंकको खण्डन: बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
- सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, भर्सन नेक्स्ट ‘आई–सोलुसनको शुभारम्भ
- दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न डा. धवलशम्सेर राणाको माग
- काठमाडौंमा कपिल गोत्रीय पुवार खडका गुठीको आफ्नै भवन, इतिहास संरक्षणका लागि अनुसन्धान केन्द्र
- पोखरामा दोस्रो कोदो महोत्सव
- कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन
प्रतिकृया दिनुहोस