गाउँ सहर

 दीपशिखा महिला कृषि सहकारीमा कल्पना गुरुङ

पोखरा । महिलाहरु मात्रै सेयर सदस्य रहेको  पोखरा महानगरपालिका वडा नम्बर २९ को दीपशिखा महिला कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष पदमा कल्पना गुरुङलाई सर्वसम्मत चयन गरेको छ ।  उपाध्यक्ष पदमा रक्षा अधिकारी भण्डारी सचिव पदमा अनिता आचार्य कोषाध्यक्षमा सम्झना तिमिल्सेना सुवेदी,सहसचिव पदमा कमला भण्डारी सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सञ्चालक समितिको सदस्यहरूमा सिर्जना आत्रेय ,अनिता थापा केसी, विना सुवेदी र शान्ति क्षेत्रीचयन भए । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सीतामाया सिन्जाली आले मगर र सदस्यहरूमा सावित्री भण्डारी तथा विनिशा क्षेत्रीचयन भएका छन् ।

यस अघि साधारण सभाको उद्घाटन गर्दै  संस्थापक अध्यक्ष विष्णुमाया पौडेलले महिलाहरूद्वारा सञ्चालित सहकारीले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सेयर पुँजी २ करोड ६ लाख ९ हजार निक्षेप संकलन ३ करोड १९ लाख २० हजार तथा कर्जा लगानी ४ करोड ९० लाख ४७ हजार संकलन गर्नु तथा ५ करोड ५४ लाख ६६ हजारको कारोबार गर्न सक्नु महत्वपूर्ण रहेको धारणा राखिन्।

कार्यक्रममा दीपशिखा पुस्तकालयकी उपाध्यक्ष एवं सहकारीकी सेयर  सदस्य निर्मला पौडेल,सल्लाहकार मेजर रामप्रसाद गुरुङ , सेयर सदस्यबाट कल्पना शर्मा जैसीले शुभकामना मन्तव्य राखे ।

जम्मा सेयर सदस्य ५०६ जना रहेको यस महिला सहकारीले छोटो समयमा छोटो समयमा उल्येख्य प्रगति गरेको छ। साधारण सभामा अध्यक्ष शिवकुमारी सुवेदीको प्रगति प्रतिवेदन कोषाध्यक्ष रक्षा भण्डारीको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक ईश्वरी भण्डारीको प्रतिवेदन पारित गरिएका थिए ।कार्यक्रममा व्यवस्थापक कृष्णकुमारी पोखरेल, कर्मचारी शर्मिला भण्डारी, कृषि कारोबारका लागि एक वर्षसम्म निःशुल्क रुपमा आफ्नो १० रोपनी जग्गा उपलब्ध गराउने सेयर सदस्य सिर्जना आत्रेयलाई सम्मान गरिएको थियो।

 निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक मदनप्रसाद तिवारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। भने सदस्य माधव भण्डारी र पूर्व अध्यक्ष गोमा आचार्य निर्वाचन मण्डलका सदस्य रहेका थिए। समितिले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए। निवर्तमान अध्यक्ष शिवकुमारी सुवेदीले आफ्नो धारणा राखेकी थिइन् भने नवनिर्वाचित अध्यक्ष कल्पना गुरुङले भावी योजनाहरू प्रस्तुत गरेकी थिइन।

गाउँ सहर संवाददाता

तपाईँको मत