राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर बिहीबार, २०८३ | १४:१०:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विभिन्न समयमा लगााइएका सबै प्रकारका प्रशासनिक तथा आर्थिक निलम्बन र प्रतिबन्धहरू फुकुवा गरेको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताद्वारा हस्ताक्षरित पत्र मंसिर ३ मा पठाउँदै एन्फालाई निलम्बन हटाइएको निर्णयबारे आधिकारिक जानकारी गराइएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले थाइल्यान्डमा एसियाली फुटबल महासंघ (एएफसी) सँग छलफल गर्नुअघि राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरेको हो। राखेपको निलम्बनका कारण फिफाले पनि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो।
त्यहिँ निलम्बनको फुकुवाको विषयमा छलफल गर्न पोखरेल थाइल्यान्ड पुगेपछि राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरेको हो।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङमाथि अदालतमा मुद्दा परेपछि हाल वरिष्ठ उपाध्यक्षसहितको बहुमत सदस्यले एन्फा बैठक सञ्चालन गरेका थिए। यसैबीच एएफसीको कार्यकारी सदस्य समेत रहेका नेम्बाङ पनि हाल थाइल्यान्ड पुगेका छन्।
एन्फाले यसअघि चैत २३ मा निलम्बन फुकुवाका लागि राखेपसमक्ष औपचारिक अनुरोध गरेको थियो।
सोही निवेदनका आधारमा राखेपको कार्यकारी समितिले नोभेम्बर १९, २०२६ मा बैठक बसी एन्फामाथि लगाइएका प्रशासनिक तथा वित्तीय प्रतिबन्धहरू पत्र जारी भएको मितिदेखि नै लागू हुने गरी हटाउने निर्णय गरेको हो।
उक्त निलम्बन फुकुवाको निर्णय राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ मा भएको कानुनी व्यवस्था अनुसार गरिएको राखेपले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
- महँगीको भुङ्ग्रोमा जनता : एक वर्षमै मुद्रास्फीति १.४७ बाट ६.३७ प्रतिशत, भान्सादेखि यातायातसम्म मूल्यवृद्धिको मार
- पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
- इंग्ल्यान्ड जाँदै नेपाली क्रिकेट टोली, ओडीआई र टी-२० गरी ६ खेल खेल्ने
- जसपा नेपाल त्यागेका ७ जिल्लाका १८ जना जनप्रतिनिधिको पद रिक्त
- फाइनल पुग्न चितवन र सुदूरपश्चिमले खेल्ने
- संगठित अपराधको कसुरमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ, के हो आरोप ?
- नवनियुक्त उपाध्यक्ष आनी छोइङसहित लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीले सम्हाले कार्यभार
- चितवनले काठमाण्डुलाई हराउँदै दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्ने
- चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई दियो २०५ रनको लक्ष्य
प्रतिकृया दिनुहोस