दृष्‍टिकोण

“लक्ष्मी पूजा सामाग्री एवम् पूजा विधि” यसरी गर्नुहोस् (पूर्ण मन्त्रसहित)

कलश वरुणको प्रतिक

काठमाडौँ । सामान्यतया: दिपावली पूजाको अर्थ लक्ष्मी पूजालाई बुझिन्छ, तर यस अन्तर्गत गणेश, गौरी, नवग्रह षोडशमातृका, महालक्ष्मी, महाकाली, महासरस्वती, कुबेर, तुला, आदिको पूजापनि गरिन्छ । दिपावली प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण अाैँसीमा मनाईन्छ ।

अाज लक्ष्मी पूजा, धेरैलाई यसकाे विधिनुसार पूजा गर्न नअाउन सक्छ । सम्झनुहाेस त हामी विधिनुसार पूजा गरेका छाैँ या छैनाैँ । दिपावली पूजाकाे लागि सबैभन्दा पहिला महा-लक्ष्मीकाे नयाँ प्रतिमा किन्नु अावश्यक छ । याे पूजा विधिमा लक्ष्मी माताकाे पूजा गर्नकाे लागि साेह्र चरण छन् । यसलाइर षाेडशाेपचार पूजाकाे नामले चिनिन्छ ।

पूजाको लागि आवश्यक सामाग्री
लक्ष्मीको मूर्ति, सुन वा चाँदीका सिक्का, लक्ष्मी स्नानको लागि स्वच्छ कपडा, तौलिया कपडा, थैली, सफा कपडा, धूप, अगरबत्ती, माटोको दिपक, रुवा, माचिस, तेल, शुद्ध घीउ, दही, शखर र शुद्ध जल ।

पञ्चामृत 
मधुपर्क

बेसार अथवा चुनाको पाउडर, चन्दनको चुरा, कलश, चामल, सेतो वस्त्र, हात पुछ्ने कपडा, कपूर नरिवल, मेवा, फूल, माला, दुबो, पानको पत्ता, सुपारी, खेलौना, मिठाई, फल, वस्त्र, साडी आदि । इलाइँची, केसर, सिन्दुर, कुमकुम, गिलास, चमच, प्लेट, कचौरापनि आवश्यक पर्छ ।

पूजाको तयारी 
पूजा गर्ने समयमा लक्ष्मी वा गणेशको मूर्ति उनको मुख पूर्व या पश्चिम राख्नुहोस् । लक्ष्मीलाई गणेशको दाहिना पारेर राख्नुहोस् । पूजानकर्ता मुर्तिको नजिक बस्नुहोस् । कलशलाई लक्ष्मीको नजिक चामलसँग राख्नुहोस् । नरिवललाई रातो वस्त्रमा लपेटेर राख्नुहोस ताकि नरिवलको अगाडिको भागमात्र देखियोस र कलशमा राख्नुहोस । यो कलश वरुणको प्रतिक हो ।

पूजा विधि
तपाइँ हातमा जलपात्रबाट थोरै जल लिएर मुर्तिलाई छर्कनुहोस् । साथसाथै मन्त्र पढ्नुहोस्...

ॐ पवित्रः अपवित्रो वा सर्वावस्थांगतोऽपिवा।
यः स्मरेत्‌ पुण्डरीकाक्षं व वाभ्यन्तर शुचिः॥
पृथ्विति मंत्रस्य मेरुपृष्ठः ग षिः सुतलं छन्दः
कूर्मोदेवता आसने विनियोगः॥

अब पृथ्वीमा जुन ठाउँमा आफ्नो आशन विछ्याउनुभएको छ त्यो ठाउँलाई पवित्र गर्नुहोस र माँ पृथ्वीलाई प्रणाम गर्दै मन्त्र भन्नुहोस्..

ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता।
त्वं च धारय मां देवि पवित्रं कुरु चासनम्‌॥
पृथिव्यै नमः आधारशक्तये नमः

अब मन्त्र भन्दै पानी छाड्दै जानुहोस्

ॐ केशवाय नमः
ॐ नारायणाय नमः
ॐ वासुदेवाय नमः
ॐ हृषिकेशाय नमः 

संकल्प
हातमा अक्षता, पुष्प र जल लिनुहोस् । केही द्रव्यपनि लिनुहोस । अब संकल्प गर्नुहोस अमुक व्यक्ति अमुक स्थान र समयमा अमुक देवी देवताको पुजा गर्न गइरहेको छु जसबाट मलाई फल प्राप्त होस् । सबैभन्दा पहिले गणेश वा गौरीको पूजा गर्नुहोस् । त्यसपछि वरुण अर्थात कलश पूजा गर्नुपर्छ ।

हातमा थोरै जल लिएर आव्हान वा पूजा मन्त्र बोल्नुहोस र पूजा सामाग्रीहरु चढाउनुहोस् । फेरी नवग्रहको पूजा गर्नुहोस्, हातमा अक्षता लिएर । त्यसपछि मातृका पूजा गर्नुहोस । त्यसपछि सोह्र माताको पूजा गर्नुहोस र रक्षाबन्धन हुन्छ । रक्षाबन्धन विधिमा मौलीसहित भगवान गणपतिमा चढाएर आफ्नो हातमा वांध्न लगाउनुहोस् र तिलकपनि लगाउनुहोस् ।
अब आनन्दचित्तले र निर्भय भएर महालक्ष्मीको पुजा प्रारम्भ गर्नुहोस् ।

पूर्ण मन्त्रकाे लागि याे पाठ गर्नुहाेस्....

Dhyana Mantra

Aavahan Mantra

Padya Mantra

Arghya Mantra

Snanam Mantra

Panchamrita Snanam Mantra

Gandha Snana Mantra

Shuddha Snana Mantra

Vastra Mantra

Madhuparka Mantra

Abhushana Mantra

Raktachandana Mantra

Sindoor Mantra

Kumkuma Mantra

Abira-Gulala Mantra

Sugandhitadravya Mantra

Akshata Mantra

Gandha Mantra

Pushpa Samarpan Mantra

Anga Pujan Mantra

Ashta Siddhi Mantra

Ashta Lakshmi Mantra

Dhoop Samarpan Mantra

Deep Samarpan Mantra

Naivedhya Samarpan Mantra

Achamana Mantra

Tambool Samarpan Mantra

Dakshina Mantra

Pradakshina Mantra

Vandana Sahit Pushpanjali Mantra

Sashtanga Pranam Mantra

Kshama Prarthana Mantra

 

यी मन्त्रका साथमा पूजा गर्नुभयाे भने लक्ष्मी प्रशन्न भएर वरदान दिने जनविश्वास छ । 

मन्त्रहरू द्रिक पञ्चांगबाट लिइएकाे हाे । 

तपाईँको मत