प्रविधि

विकृति विसङ्गति नियन्त्रणका लागि सिसीटिभी

लेखनाथ । विकृति विसङ्गति नियन्त्रणका लागि पोखरा २७ को राईजिङ स्टार युथ क्लबलाई क्लबका पुर्व सदस्य बिजेन्द्र गुरुङले बहत्तर हजार लागतको सिसीटिभी प्रायोजन गरेका छन् ।

लागुऔषध बिनाको समाज निर्माण र विकृति विसङ्गति नियन्त्रणका लागि पोखरा २७ को रिठेपानी क्षेत्रमा राईजिङ स्टार युथ क्लबको अभियान अन्तर्गत रिठेपानी चौतारा र चोकमा सिसीटिभी जडान गरिएको हो ।

रिठेपानी प्रगतिचोक आमा समाजकी वरिष्ठ समाजसेवी तथा संस्थापक अध्यक्ष बन्दी कुमारी गुरुङले कान्छा छोरा समाजसेवी बिजेन्द्र गुरुङले प्रदान गरेको सिसीटिभी क्यामेरा स्वीच अन गरी उदघाटन गरिन् ।

करिब नब्बे हजार लागतमा क्यामेरा जडान गरिएका अध्यक्ष बिष्णु प्रसाद गुरुङले जानकारी दिएका छन् । जसमा सोह्र हजार पाचँ सय सिसीटिभी कम्पनी एमबिजी सर्भिसका तर्फबाट मेनेजर हरि सापकोटाले विकृति विसङ्गति नियन्त्रणका लागि छुट प्रदान समेत गरेका थिए ।

सिसीटिभीको निगरानीमा अब समाजमा शान्ति सुव्यवस्था कायम हुने स्थानीयको अपेक्षा रहेको छ ।

तपाईँको मत