खेल

लेखनाथमा खेल महोत्सव शुरु : उद्घाटन खेलमा आयोजक सुर्यताराको विजयी शुरुवात

लेखनाथ । सुर्य तारा (नेकोस) खेल महोत्सव  लेखनाथमा शुरु भएको छ । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा पोखरा-२९ स्थित प्रस्तावित भण्डारढीक रंगशालामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको बताए ।

उनले राजनितिक अवस्था अस्थिर भएकै कारण सामाजिक, सांस्कृतिक एवं खेलक्षेत्रको विकास हुन नसकेको बताउँदै नेकपा एमाले सहमति र सहकार्यको माध्यमबाट मुलुकको विकासको लागि अगाडि बढ्न चाहेको बताए ।

महासचिव पोखरेलले गण्डकी प्रदेशको पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्दन एवम खेलकुदको पुर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै पूर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेल क्षेत्रको विकासको माध्यमबाट सम्मृद्धि  हासिल गर्न सकिने बताउँदै यसमा राज्यले ध्यान पु¥याउनुपर्ने बताए ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेत, महासंघका ईन्चार्ज कर्ण थापा, मुख्य प्रयोजकको तर्फबाट विक्रम कर्माचार्य र नेपाल पर्यटन वोर्ड गण्डकी कार्यलयका प्रमुख नविन पोखरेल लगायतले खेल क्षेत्रको समुचित विकास हुन नसकेको र खेलाडीहरुले खेल खेलेर बाँच्न सक्ने अवस्था नभएको बताउँदै राज्यले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र राजनितिक दलहरुले खेलकुदको मुद्दालाई पनि राजनितिक मुद्दा बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं-२९ का अध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षा स्वास्थ्य र खेलकुदलाई वडाले प्राथमिकता दिदैं आइरहेको महोत्सवले ऐतीहासीक परिचय स्थापित हुने विश्वास व्यक्त गरे । उनले प्रस्तावित रंगशालाको रुपमा रहेको भण्डारढीक खेल मैदानमा पर्याप्त पूर्वाधार नभएको र भएका पनि अधुरो अवस्थामा रहेकाले यसको विकासको लागि संघिय सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको समग्र संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरिक र बाह्य पर्यटनको प्रवन्धका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

कार्यक्रमअघि विभिन्न ८१ संघ संस्था एवम महिला-आमा समुहहरुले आफ्नो कला संस्कृति, परम्परासहितको पहिचान झल्कीने झाँकी प्रस्तुत गरेका थिए ।

सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष एवम महोत्सवका सह-संयोजक दिपेन्द्र पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवकी सचिव सरस्वती श्रेष्ठ र खेलकुद महासंघ गण्डकी प्रदेशका सह-सचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

शनिवार नै आयोजक सुर्यतारा युवा क्लव र त्रिशक्ती युवा क्लव माछापुच्छ्रे गाउँपालिका विच भएको उद्घाटन खेल फुटबल प्रतियोगितामा आयोजकले विजयी शुरुवात गरेको छ ।

त्रिशक्ति युवा क्लवलाई २-० को गोल अन्तरलाई पराजित गर्दै आयोजक सुर्य तारा नेकोसले पहिलो जित दर्ता गरेको हो ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल विभागीय टिम एपीएफ र संगम क्लवबीच हुनेछ भने दोश्रो खेलमा सत्य युवा क्लव बाँझापाटन र सहारा क्लव पोखरा भिड्नेछन् । फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैबिच शनिबार  गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा विभिन्न तौल समुहका सातवटा खेलहरु भएका थिए भने ब्याडमिन्टन  तर्फ सहभागी ३२ टिमा वलराम क्षेत्री-विवेक न्यौपाने वुटवल प्रथम भएको छन् ।

यसैगरि दितियमा विवेक कन्दनवा-राजु थापा चितवन आयोजक सुर्यतारा क्लवका विशाल खड्का-गणेश रायमाझी र मनोहर कार्की-राम मल्ल ठकुरीको समुहले सान्तोना स्थान हासिल गरेको थियो ।

यसैविच शनिबरै भएको उद्घाटनन समारोहमा विभिन्न संघ संस्थाको झाँकी प्रदर्शनी प्रतियोगितामा सुर्यमुखि तमु समाज शिसुवा,लालुपाते तमु समाज र पुन मगर समाज ढुङगेपाटन उत्कृष्ठ तीनमा पर्न सफल भएका थिए ।

तपाईँको मत