किन बाँधिन्छ हातमा रक्षा बन्धन (डोरो) ?
- गाउँ सहर संवाददाता
- ३० श्रावण बिहीबार, २०७६ | ०४:१९:०० मा प्रकाशित

आज रक्षा बन्धन । किन बाधिन्छ हातमा रक्षा बन्धन ?
आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
यसको अर्थ
“जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।
सत्य यूगमा दानवद्वारा लखेटिएका देवगणहरुलाई बचाउन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजलाई बाँधि देवगणहरुको रक्षा गरेका थिए त्यसले नै म तिमिलाई बाँध्दछु सुरक्षित होऊ, बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आज पनि रक्षा बन्धन बाँध्ने प्रचलन चलि आएको छ ।
सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठापूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आज पनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन बिचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस, विधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस् भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाँध्ने गर्दछौं । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिदिनाले मृत्यु पश्चान वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
- यस्ता कार्यसूची छन् आज बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकका
- गण्डकी प्रदेशका सांसद दीपक मनाङेकाे पद चैट
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- एससीटी–यूपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा छुट हुने
प्रतिकृया दिनुहोस