अर्थतन्त्र

लक्ष्मी बैंकको शाखा सप्तरीको राजविराजमा पनि

काठमाडाैं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । 

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत