दृष्‍टिकोण

‘धर्मकाे छायाँमा कथित बाबाहरुको लैंगिक हिंसा कहिलेसम्म ?’

हाम्रो साँघुरिएको समाजमा धर्म, संस्कृति, जातजातिका नाममा लैंगिक हिंसा सदियौँदेखि जारी छ । त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ । आजकल धर्म गुरु, बाबा, मुल्लाह, पादरी जस्ता धार्मिक आस्थाका पूजारहरुको चर्चा अहिले छ ।

अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलिरहेका बेला 'सिद्ध बाबा' नामले परिचित साधुको यौन, बलात्कार जस्ता काण्ड बाहिर आएको छ । यसले हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देश दिएको छ । समय समयमा घट्ने यस्ता घटनाले नेपाली समाज, राष्ट्र कुन दिसातर्फ मोडिदैँछ भन्ने प्रष्ट आउनुले ऱ्याली, गोष्टि, सेमिनार भनेर ठूल-ठूला होटल, पार्टी प्यालेसमा गरिने कार्यक्रम प्रभावकारी नभएको देखिन्छ ।

वर्षनि मंसिर आउनसाथ यी दिवस मनाई रहदा गाउँका दूर दराजमा बोक्सी, छाउपडी प्रथा, बाल बिबाहले प्रश्रय पाइरहेको छ । यसको  रोकथाम र न्यूनीकरणमा टेवा दिनुको सट्टा सहर बजार मुखी कार्यक्रम, दिवस मनाउनु कत्तिको उचित हुन्छ  कुन्नि ? यो महिलावादीलाई थाहा होला यो भन्नुको मतलब आफूलाई पुरूष ठान्नेहरु पनि यसबाट अछूत भने छैनन् ।

पुरानो सोच न हो हामी गुरु, बाबा, लामा, इमाम, स्वामी अनेक नाम दिएका छौं जसको आराधना, गुनगान सधैं गाइरहन्छौँ उसको योग्य भक्त बनेर उसले गरेका हरेक क्रियाकलापमा साथ दिइरहन्छौं यसैको फाइदा उनीहरुले यस्तो ज्ञान दिन्छन् की आम मानिसहरू तिनीहरुलाई कुनै चलचित्रको नायक र भगवान मान्न तयार हुन्छन् । यसैको फल बिस्तारै उनीहरुले गर्ने नकारात्मक काम, धन्दामा आफसू होमिन थाल्छाैं अनि मात्र हाम्रो दिमागको बत्ती जल्न थाल्छ त्यस बेलासम्म अत्यन्त ढिला भई सकेको हुन्छ ।

यी घटेका घटना पहिलो होइन छिमेकी मुलुक भारतमा केहि वर्ष पहिले 'बाबा आसाराम जी' पनि यही बलात्कार, हत्या जस्ता घटनामा संलग्न रही अहिले जेलको चिसो हावा खाई रहेका छन् । जब की उनलाई भारतका ठूला-ठूला नेताहरु उसको पाउमा ढोग्न गएका छन् । त्यति ठूलो ख्याति प्राप्त गरे पनि आखिर पाप धुरीबाट कराउँछ भने जस्तो भयो ।

सायद यसैको देखासेखी फेरि नेपाली 'सिद्ध बाबा' मा देखिन थाल्यो । उनका पनि ठूलै 'फ्यान फलोइंङ' भएको अहिले सामाजिक सञ्जालमा देखिने तस्बिरले पुष्ट्याएको छ जहाँ ठूला महामहिम देखि सामान्य नागरिकसम्म पछि लागेका छन् ।

बदलिदो समय परिवेश, तेज रफ्तारको इन्टरनेट पहुँच र मिडियाको बोलावालाले आजकल कुनै बिषय बस्तु बासी हुँदैन । घटना बिगत होस् या वर्तमान देखि नै हाल्छ कुनै घटना लुक्न सक्दैनन यसले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न प्रेरित गरेको छ ।

यो भनी रहँदा आखिर किन महिला, बालबालिका नै यसको शिकार भएका छन् यसमा चर्चा गर्नु आवश्यक छ । छिटो महिलालाई आफ्नो बसमा पार्न सजिलो हुने या महिलाको मन नै कमलो हुने , छिट्टै अरुप्रति विश्वास गर्ने बानीले स्वयम् महिलालाई नै यी खालका घटनाबाट गुज्रीरहनु परेको छ ।

वास्तबमै गुरु, लामा, धामीहरुको भर परेर अनुयायीहरु आफ्नो समस्या समाधान गर्न उनीहरुकोमा जाने गर्छन् । के उनीहरु पनि लामा गुरु, बाबा भन्ने बित्तिकै कुमार नै बस्नुपर्छ भन्ने पक्कै नहोला । हाम्रो सोच भने बाबा गुरूजी, लामा, पादरी जस्ता ब्यक्तिहरुबाट कुमार नै बसेर दुनियाँलाई सकरात्मक सन्देश बाँड्दै हिड्नुपर्छ भनेर सिकाउने गरिन्छ ।

रजनिस ओशोले यौनलाई खुला रुपमा सहज समाजमा पच्ने गरी  हिँडन सल्लाह दिएको पढ्न पाइन्छ । हुन पनि हो यौन के मा हुँदैन न मानिस, न पशुपंक्षी सबैलाई आवश्यक पर्ने न हो । मात्र फरक कुन बेला कस्तो बेला कसरी प्रयोग गर्न सकिने भन्ने कुरा गहन हो ।पशुले बरु पुच्छरले ढाकेर हिड्ला बरु हामी भने खुले आम देखाएर हिडछौँ । के बाबा, साधू सन्त हुँदैमा यौन बर्जित छ त ? प्राकृतिक ईश्वरीय शक्तिलाई रोकेर राख्न सकिँदैन । हामी यो सम्झन हुँदैन की गुरु, लामा, बाबा जस्ताका पद लिँदैमा केही गर्न हुन्न भन्ने होइन । यसलाई कसरी सही र सहज ढंगले लिन सकिन्छ । बाबा हुँदैमा यौन उतेजना नहुने, कुमार नै भएर जिन्दगी बिताउँनुपर्ने जस्तो बलजफ्ति लगाइने कारण यी खालका घटना घटेका छन् ।

ओम शान्ति होस् या बौद्धमार्गीमा समर्पित भएर हिड्नेहरुमा समेत बाहिर नदेखिने गरी यौन कार्य भएको समाचार बेला मौकामा बाहिर आउछ । आखिर सभामुख जस्तो उच्च पद धारण गर्नेको हालत पनि देखियो, विशिष्ठ श्रेणीमा त यस्तो छ भने आम नागरिकले यी कु-कर्म गर्देन भनेर बुझ्नु गलत छ । पहिले हामी किन यस्तो कार्यमा संलग्न छौं भनेर आफूलाई सोध्न जरुरी छ । ठूलाले भनेको मान्ने, उसको इच्छाको पूर्ति गर्ने सहज विस्वास गर्नेका कारण हर कोही यी दुर्घटनाबाट अगाडि बढ्नु परेको छ ।

विदेशबाट शुरू भएको ह्यास ट्याग मी टू पनि खुबै चर्चित रह्याे । हलीउड-बलीउड हुँदै कलीउडसम्म यसको असर रह्याे । थुप्रै कलाकारले बदनामीको बिल्ला भिर्ने पर्याे । बिर्सन यो पनि मिल्दैन की कतिले आफ्ना फाइदाका लागि गरे त कतिले बेइज्जत गर्न यसको सहारा लिए ।

करीब २ महिना पहिले भारतीय वेब सीरीज 'सेक्रेड गेम्स -२' हेरेको थिएँ जहाँ पात्र 'गुरूजी' पंकज त्रिपाठीलाई पनि गुरुका नाममा यस्तै खुला यौनका कुरा देखाईएको छ । आजकल हरेक सिनेमा, नाटकमा सधैं नेगेटिभ चरित्रलाई चित्रण गरी अगाडि बढाउने र पोजिटिभ चरित्रलाई खासै महत्व नदिने कारण पनि दर्शकमा घृणा पैदा गराउन सफल भएका छन्।

लैंगिक हिंसाका जति कुरा बाहिर गरे पनि घरबाट नै यसको सुरुवात छ । छोरालाई बोर्डिंङ स्कूल र छोरीलाई सरकारी स्कूल मा पढाउने मानसिकता । मर्ने बेलामा छोराको हातबाट दागबत्ति दिनुपर्ने धार्मिक, सास्कृतिक र पारम्परिक मानसिकतामा जोडिने हामीले कहिले समान र सम्मान दिन नसकदा पनि घरमानै लैंगिक हिंसाको प्रत्यक्ष असर भोगेको छौं ।

बाबा, लामा,साधू सन्त, इमाम, पादरी जे भनेर चिनिन्छ उनीहरु मात्र यी घटनाका कारक तत्व होइनन् । हामीले उनीहरुलाई भगवानको दर्जा जो दिन्छौं जसले पत्थर र मूर्तिमा विस्वास गर्न सक्ने बनाउन सफल छन् । यौन हरेकमा हुने र सहज देखाउन नसक्ने भएका कारण यी गल्तीहरु दोहोरिएका छन् । यसलाई निराकरण गर्न स्कूल तहमा यौन शिक्षा, नैतिक शिक्षाको पाठ्यक्रम आवश्यक छ ।

लैंगिक हिंसाका गोष्ठी भई रहँदा समाजमा भएका लामा, साधु सन्त, धामीलाई पनि जेन्डरको तालिममा सहभागिता जनाउन सक्ने वातावरण बनाइयो भने पनि उनीहरुमा चेतना जागृत हुन सक्ने देखिन्छ । त्यसैले उनीहरुले गलत काम गलत नजरले हेर्ने भन्दा पनि आफू पनि कुन खालको परिवेश संस्कार अनुसार चल्ने भनेर आफूलाई नियालेर अगाडि बढ्न सके आगामी दिनहरुमा यस्ता खालका घटना कम हुने हुन्छन् ।

तपाईँको मत