नेपाल शेर्पा संघद्वारा बुद्ध जयन्तीका अवसरमा विश्व प्राणी जगतको स्वास्थ्य लाभसहितकाे कामना
- गाउँ सहर संवाददाता
- २४ बैशाख बुधबार, २०७७ | १४:३७:०० मा प्रकाशित
काठमाडाैं । २५६४ औं बुद्ध जयन्तीको अवसरमा नेपाल शेर्पा संघ बागमती प्रदेश समिति काठमाडौंले शुभकामना व्यक्त गरेको छ ।
बुधबार (आज) समितिका अध्यक्ष आङछिरीङ शेर्पा र सचिव दावा सङ्बु शेर्पाले एक विज्ञप्ती जारी गर्दै नेपाल तथा विश्वभरमा बुद्धको सन्देश महत्वपूर्ण स्थानको रुपमा प्रभावमुलक तवरले सामुहिक भावनाको विकास गर्दै सामाजिक, सांस्कृतिक सदभावसहित सहिष्णुतालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी सबैमा प्रेरणामुखी शक्ति मिल्ने छ भन्ने विश्वास हामी सबैमा भइरहेको सन्दर्भमा बुद्ध जयन्तीको अवसरमा प्रेरणादायी, योजनामुखी सत्कर्म शक्तिको रुपमा विकास होस् र शान्ति, समृद्धि तथा सत्मार्गमा अगाडी बढ्न शुभकामना व्यक्त गरिएकाे छ ।
'संघले गौतम बुद्ध आफ्नो त्याग तपस्यासहित सत्कर्मको भाव लिएर सत्य, न्याय, मेलमिलाप र अहिंसाको दर्शनले दिगो शान्ति, समृद्धि लगायत सदभावको सन्दर्भमा बौद्ध दर्शन र उपदेश बचनहरुसमेत विश्वमा महत्वको साथ प्रभाव बढेर गएको छ' शुभकामना सन्देशमा भनिएकाे छ ।
साथै शुभकामना सन्देशमा बुद्ध सन्देश बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा सामुहिक भावना, कार्यगत एकता मजबुत बनाउँदै सामाजिक एकजुट हुन बौद्ध दर्शन हामी सबैमा महत्वपूर्ण सन्देश बनेको पनि जनाइएकाे छ ।
संघले बिहीबार परेकाे बुद्ध जयन्तीको अवसरमा तनाव न्युनीकरण र विश्व प्राणी जगतको स्वास्थ्य लाभको कामना पनि गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस