“र्याली अफ होप” लाई विश्वनेताहरूले सम्बोधन गर्ने
- गाउँ सहर संवाददाता
- १० असोज शनिबार, २०७७ | १३:२९:०० मा प्रकाशित

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था संस्था युनिभर्सल पीस फेडेरेशन (यूपीएफ), ले यही २०७७ साल आश्विन ११ गते आइतबार “र्याली अफ होप” को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
कार्यक्रममा विश्वनेताहरूले कोभिड १९ को महामारीको अन्त्य पछिको आशावादी पक्षलाई पृष्टपोषण गर्ने “आशाको सन्देश” प्रदान गर्नुका साथै विश्वस्तरीय मनोरञ्जनात्मक सामाग्रीहरू पनि प्रस्तुत गरिने छ ।
लाखौं मानिसहरूको आकर्षण बन्दै विश्वव्यापी भेला हुँदै आशाको सन्देश प्रबाह गर्ने “र्याली अफ होप” कोरियाली समय अनुसार बिहानको ९ः३० मा प्रसारण हुने कार्यक्रमलाई नेपाली समय अनुसार बिहान ६ः३० मिनेटबाट www.peacelink.live मा लग इन गरी हेर्न सकिने आयोजकले जनाएको छ ।
गणतन्त्र कोरियाबाट भर्च्युअल रुपमा प्रसारण हुने कार्यक्रमलाई सउटोमे एण्ड प्रिन्सिपेका राष्ट्रपति इभारिस्तो कार्भाल्हो, कम्बोडियाली राष्ट्रसभाका अध्यक्ष सम्देच हेङ् सम्रिन, गणतन्त्र फिलिपिन्सका पूर्व सभामुख, जोसे डि भेनेसिया जुनियर, युरोपेली यूनियनका पूर्व अध्यक्ष लगायत विश्वनेताहरूको सन्देशका साथै मदर अफ पीसको रुपमा परिचित यूनिभर्सल पीस फेडेरेसनकी सह संस्थापिका डा. हाक जा हान मुनले प्रेरणादायी सन्देश दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा विश्व विख्यात बाल कलाकारहरूको समूह “ए लिट्टिल एञ्जेल्स फोक ब्याले अफ कोरिया” र कोरियाली पूर्व पर्यटन मन्त्री समेत रहेका गायक तथा अभिनेता किम म्योङ्ग गोनको सांगितिक प्रश्तुतिद्वारा सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिने छ ।
यस अघि गत महिना, अगष्ट ९ मा, आयोजित पहिलो भर्च्यूअल र्याली अफ होपमा विश्वभरीबाट करोडौं दर्शकहरूले दृश्यावलोकन गरेका थिए । उक्त कार्यक्रमलाई कम्बोडियाली प्रधानमन्त्री महामहिम सम्देच हुन सेन, संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान की मुन, अमेरिकी सिनेटका पूर्व सभामुख न्युट गिनग्रिज लगायत विश्वका प्रतिष्ठित व्यक्तित्वहरूले सम्बोधन गरेका थिए । र्याली अफ होपमा थिम अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
प्रतिकृया दिनुहोस