इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- गाउँ सहर संवाददाता
- १७ जेठ शनिबार, २०८२ | १४:१६:०० मा प्रकाशित

झापा । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर वर्षा भएको छ । यस्तै इलामकै बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर वर्षा मापन भएको छ ।
१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०/५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०/१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षाको रुपमा मापन गरिने महाशाखाले जनाएको छ ।
हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । र थप वर्षा हुने बताइएको छ । भारी वर्षाको कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा/रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो सम्म उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
यस वर्ष १५ दिन अगावै पूर्व भेगबाट बिहिबार रातिदेखि मनसुन भित्रिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
- लिटल फ्लावरमा स्वास्थ्य परीक्षण
- गृहमन्त्री लेखककाे राजीनामा- विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै
- बाढीले कोशी राजमार्ग बगाएपछि यातायात अवरुद्ध
प्रतिकृया दिनुहोस